सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गाले लागेर ३ जना घाइते

२०७७, १७ श्रावण शनिबार २१:१८

पाल्पा । सधैंको यात्रा जोखिम रहेको सिद्धार्थ राजमार्गकाे सिद्धबाबामा ढुङ्गा खस्दा तीन व्यक्ति घाइते भएका छन् । तिनाउ गा.पा.- ३ सिद्धबाबा मन्दिर नजिकै पानी छहरामा सडक देखी माथीबाट ढुङ्गा खसी बुटवलबाट पाल्पा तर्फ आउदै गरेका व्यक्ति घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धबाबा मन्दिर नजिकै खसेको ढुङ्गा सहितको पहिरो, फाइल तस्बिर ।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेकाे लु २ च ४१५१ नं. जीपमा सवार गरी आएका जिल्ला पाल्पा बगनासकाली गा. पा.- २ पोखराथोक बस्ने बर्ष ३२ को चुरामणि न्यौपाने, पैदल यात्री जिल्ला पाल्पा तिनाउ गा.पा.- २ दोभान बस्ने बर्ष ५३ को लक्ष्मण श्रेष्ठ र बर्ष ४५ की लक्ष्मी श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुुभयो ।
निरीक्षक श्रेष्ठका अनुसार घाइतेकाे उपचारको लागी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ ।
शनिबार मात्रै अविरल वर्षाका कारण पहिरो गई सडक समेत भासिएको छ । सडक नै भासिनेगरि पहिरो गएपछी साना सवारीसाधन एकतर्फी रुपमा संचालन गरिएको छ भने ठुला सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

Comments

ताजा खबर