तीन सय १५ जना संक्रमित थपिए कुल संक्रमण हुनेको संख्या २० हजार नाघ्यो

२०७७, १७ श्रावण शनिबार १९:११

पाल्पा । शनिबार तीन सय १५ जना कोरोना संक्रमित थपिएका छन । यो संगै कुल संक्रमण हुनेको संख्या २० हजार नाघेको छ ।
देशभरका प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ९३ जनामा पिसिआर परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा कोरोना निको भएर ९३ जना घर फर्किएका छन । मन्त्रालयका अनुसार ११ हजार ५ सय ३३ जना क्वारेन्टिनमा छन् भने आइसोलेनमा रहनेको संख्या पाँच हजार तीन सय ३८ रहेको छ । कोरोना निको भएर कुल १४ हजार चार सय ९२ जना घर फर्किएका छन । कोरोनाबाट नेपालमा शनिबारसम्म ५६ जनाको मृत्यु भइसकेको छ।

Comments

ताजा खबर