सिद्धार्थ राजमार्ग भासियो ठुला सवारीसाधनको आवागमन रोकियो

२०७७, १७ श्रावण शनिबार १४:२०

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन वुटवल सडक खण्डका बिभिन्न स्थानहरुमा पहिरो जाने क्रम रोकिएको छैन । अविरल वर्षाका कारण पहिरो गई सडक समेत भासिएको छ । सडक नै भासिनेगरि पहिरो गएपछी साना सवारीसाधन एकतर्फी रुपमा संचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एक सुचना जारी गर्दै
जोखिम बढेकोले सवारी साधनको आवागमनमा कठिनाई उत्पन्न भएको जनाएको छ । पहिरो युक्त स्थानमा प्राविधिक टोलीबाट विकल्पको खोजीसहित सडक सुचारु गर्ने प्रयास समेत भै रहेको प्रशासनले जनाएको छ ।
“भासिएको सडकमा सवारी साधनको आवागम जोखिमपूर्ण भएको अवस्थामा साना सवारी साधनलाई अवस्था हेरी एकतर्फी संचालन गरिएको छ । नागरिकको सुरक्षाको कारणले हाललाई ठुला सबारी साधनहरुको आवागमन नगर्नु हुन अनुरोध गरिन्छ” प्रशासनको सुचनामा उल्लेख छ ।
दिनहुुँजसो अबरुद्ध भैरहने सिद्धार्थ राजमार्ग को बुटवल पाल्पा सडक खण्डको गौडेपुल देखि तल्लो सिद्धबाबा मन्दिर सम्म दर्जन भन्दा धेरै स्थानमा ढुङ्गासहितको पहिरो खस्दा राजमार्गमा यात्रा निकै कष्टपुर्ण बनेको छ ।
पाल्पा प्रशासनले राजमार्गमा यात्रा गर्न जोखिम बढेकाले पाल्पा – बुटवल सडक खण्डमा रातको ८ देखि बिहान ६ बजे सम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

Comments

ताजा खबर