चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको छ: चिनियाँ राष्ट्रपति सी

२०७७, १७ श्रावण शनिबार १३:३०

काठमाडौं -चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा सो कुरा बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

राष्ट्रपति सीले सो अवसरमा नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गर्दै नेपालसँग काम गर्न र द्विपक्षीय सम्बन्धलाई निरन्तर प्रगति पथमा अगाडि बढाउन इच्छुक रहेको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सीले यस कारण पनि नेपालसँग मिलेर अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ताकि दुवै देशका नागरिकहरुले अधिक लाभ लिन सकुन् र क्षेत्रीय स्थिरता तथा विकासमा सकारात्मक योगदान दिन सकियोस् ।

Comments

ताजा खबर