कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर युवकको मृत्यु ।

२०७७, २२ कार्तिक शनिबार १३:१७
पाल्पा । पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ।
सांकेतिक तस्बिर फाइल फोटो
मृत्यु हुनेमा तानसेन नगरपालिका-१ गैरागाउँका २१ वर्षीय विनित बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए। बगनासकाली गाउँपालिका ७ रानीघाटनजिकै कालीगण्डकी नदीमा पौडिने क्रममा आज दिउँसो साढे १२ बजे उनी डुबेका थिए। पानीको भुमरीमा डुबेका उनलाई मृत अवस्थामा उद्धार गरिएको थियो। उनीसँगै पौडी खेलेका अर्का साथी भने पौडिएर कालिगण्डकी पार गरेका थिए। घटनाबारे थप अुनसन्धान भइरहेको गिरीले बताए।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु