पुन:प्रवेश अनुमती लिएर विदामा नेपाल गएकाहरु अगस्ट ५ तारिख पछि जापान आउन पाउने

२०७७, १६ श्रावण शुक्रबार १५:००

टोकियो । कोरोना भाइरसको कारण लगाइएको यात्रा प्रतिवन्ध र उडानको अभावका कारण जापानबाट अन्य मुलुकमा गई फिर्ता आउन नपाएका विदेशीहरुले पुनः प्रवेश पाउने भएका छन् ।

जापानको परराष्ट्र मन्त्रालयले बुधबार एक सूचना जारी गरि निश्चित मापदण्ड पूरा गरे,विदेशी नागरिकहरूलाई आउँदो अगष्ट ५ तारिकदेखि पुनःप्रवेश गर्न जानकारी गराएको हो ।

जापानले नेपाललाई प्रतिबन्धको सुचीमा राख्नु अगावै पनि कोरोना संक्रमण बढेको भन्दै, नेपाल स्थित जापानी दुतावासले अनुमती नदिएपछि तत्काल जापान फर्किन चाहने सयौँ नेपालीहरु आउन पाएका थिएनन् ।

स्मरण रहोस् जापान सरकारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्नको लागि विश्वका १४६ देश तथा क्षेत्रहरुलाई यात्रा प्रतिबन्धमा लगाएको छ र यस सुचीमा नेपाल पनि परेको छ ।

 

Comments

ताजा खबर