चर्चरेमा पहिरो खसेर सिद्धार्थ राजमार्ग अबरुद्ध

२०७७, १६ श्रावण शुक्रबार ०८:४४

पाल्पा । दिनहुुँजसो अबरुद्ध भैरहने सिद्धार्थ राजमार्ग को बुटवल पाल्पा सडक खण्ड आज पनि अबरुद्ध भएको छ । राजमार्गको तानसेन बुटवल खण्डमा रहेको चर्चरेमा ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका का प्रमुख पृथ्वीनारायण काफ्लेका अनुसार शुक्रबार बिहान ५:३० बजेदेखि बाटोअबरुद्ध भएको हो ।
राजमार्गको डुम्र, दोभान, सिद्धबाबा क्षेत्रमा दिनहुुँजसो ढुङ्गा झरेर बाटो अबरोध भईरहने हुँदा यात्रा गर्न जोखिम बढेकाले पाल्पा – बुटवल सडक खण्डमा रातको ८ देखि बिहान ६ बजे सम्म सवारी आवागमनमा रोक लगाइएको छ ।
पाल्पा प्रहरीले पहिरोस्थलमा पैदल यात्रा तथा सवारी आवागमन नगर्न अनुरोध गरेको छ ।

Comments

ताजा खबर