मौसम एजेन्सीले माग्यो माफी, भूकम्पको पुर्व सूचना गलत प्रक्षेपण भएकोमा

२०७७, १५ श्रावण बिहीबार ११:२०

टोकियो -आज बिहान जारी गरिएको भूकम्पको पूर्व सूचना गलत प्रक्षेपण सहित जारि हुन गएकोमा मौसम एजेन्सीका अधिकारीहरुले माफी मागेका छन् ।

भूकम्प बिहान ९ बजेर ३६ मिनेटमा जापानको मुलभूमि भन्दा धेरै पर तोरिशिमा किन्काई केन्द्रबिन्दु भएर ५.८म्याग्निचुटको गएको थियो ।

भूकम्प प्रारम्भिक चेतावनी स्वरुप मोबाईल डिभाइसमा पठाईएको सचेतनाको सूचना र भूकम्पको मापन फरक पर्न गएका कारण त्यस्तो फरक पर्न गएको यहाँको मौसम सम्वन्धि संस्था मेटोरोलोजिक एजेन्सीका अधिकारीहरुले बताएका छन् ।

जमिनको सतहमा भूकम्पको कुनैपनी अनुभुती नपाईएपनी खतराको स्तर जनाउनेगरी भूकम्पको पूर्व सूचना पाउँदा सबैजना सचेत बनेका थिए ।

भूकम्प खतराको पूर्व सूचना आशंका गरिएभन्दा बढी प्रक्षेपण हुन गएको र यसबाट नागरिकमा पर्न गएको दुविधाको लागि क्षमा माग्दछौं मौसम एजेन्सीका अधिकारीहरुले पत्रकार सम्मेलन मार्फत भनेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु