लायन्स क्लब अफ पाल्पाका मनाेनीत केन्द्रिय पदाधिकारीहरू लाई सम्मान ।

२०७७, १५ श्रावण बिहीबार ०८:३४

सन्ताेष गहतराज , पाल्पा । लायन्स क्लब अफ पाल्पाका केन्द्रमा मनाेनित पदाधिकारीहरूलाई एक कार्यक्रमका बिचमा भव्य सम्मान गरेको छ । क्लबका अन्तर्राष्ट्रिय डिस्टिक ३२५ बि २ नेपालका गभर्नर सम्भु नकर्मीले २९ जना केन्द्रमा मनोनीत सुशील प्रधान , राजेन्द्र लिगल लगायत केन्द्रिय पदाधिकारीहरूलाई सम्मान गरेको हाे ।

कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार साहीले सामाजिक काम गर्दा नकारात्मक र परंम्परागत कुरालाई छोडेर कृयाशिल भइ अगाडि बढन आग्रह गर्नु भयो । त्यस्तै प्रमुख शाहीले तानसेनको बिकासमा लायन्स क्लबहरु सित मिलेर काम गर्न तयार रहेको पनि बताउनु भयो ।कार्यक्रम संयोजक हरि रायमाझीकाे स्वागत, सचीव समिर मान सिहंको सञ्चालन र क्लबका अध्यक्ष शारदा नेपाल को सभापतित्वमा भएको थियो ।

Comments

ताजा खबर