नेपाल प्रहरीको प्रवक्तामा कुवेर कडायत नियुक्त ।

२०७७, १४ श्रावण बुधबार १८:४१

Iकाठमाडौ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी वरिष्ठ उपरिक्षक-एसएसपी कुवेर कडायतलाई दिइएको छ। कडायत यसअघि सहप्रवक्ताको जिम्मेवारीमा थिए।

निरज शाही अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएपछि रिक्त ठाउँको जिम्मेवारी कडायतलाई दिइएको हो। एआईजीमा बढुवा भएका शाहीलाई मानव श्रोत विभाग र प्रधुम्न कार्कीलाई प्रहरी एकेडेमीको जिम्मेवारी दिइएको छ।कार्की र शाहीले बुधबार दिउँसो दर्ज्यान्ही चिन्ह लगाएका थिए।

Comments

ताजा खबर