कर्णाली नदीमा पानीको बहाव उच्च , तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आग्रह ।

२०७७, १४ श्रावण बुधबार १०:३२

कैलाली । कर्णाली नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रमा नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ। लगातारकाे वर्षाका कारण कैलालीकाे चिसापानीमा नदीकाे सतह पनि बढीरहेकाे छ।

बिहान नाै बजेसम्म कर्णाली नदीकाे सतह नाै दशमलव ८९ मिटर पुगेकाे छ। कर्णालीकाे सतह १० मिटर पुगे सतर्कता तह र १० दशमलव ८ मिटरलाई खतरा मानिएकाे छ। जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार कर्णालीमा लगातार वर्षा भइरहेकाे छ। महाशाखाका अनुसार टीकापुरकाे चुरियामा २४ घण्टामा २ सय ७१ मिलिमिटर वर्षा भएकाे छ भने चिसापानीमा २ सय ६० मिलिमिटर वर्षा भएकाे छ।

एक घण्टामा ६० मिलिमिटर, तीन घण्टामा ८० मिलिमिटर, ६ घण्टामा एक सय मिलिलिटर, १२ घण्टामा एक सय २० मिलिलिटर र २४ घण्टामा एक सय ४० मिलिलिटर वर्षालाई सर्तकता मानिएकाे महाशाखाले जनाएकाे छ।

Comments

ताजा खबर