पाल्पामा खिर खादा २९ जना बिरामी

२०७७, १३ श्रावण मंगलवार १९:१८

पाल्पामा खिर खाँदा २९ जना बिरामी भएका छन् । रामपुर नगरपालिका ७ का ओम बहादुर सुनारको निधन भएको १३ औं दिनको पुन्य तिथिमा आइतबार खिर खाएका आफन्त सहित मोहटी र कठान गाउँका २९ जना विरामी भएको रामपुर अस्पतालले जनाएको छ ।

आइतबारको भोजमा खिर खाएकाहरुमा सोमबार देखि समस्या देखिएपनि उनीहरु मंगलबार मात्रै अस्पताल आएका हुन् । रामपुर अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाका अनुसार मंगलबार रामपुर अस्पताल आएका २९ मध्ये १३ जनालाई थप उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज रेफर गरिएको र १६ जनाको रामपुर अस्पतालमै उपचार भैरहेको छ । विरामीमा टाउँको दुख्ने,ज्वोरो आउने,पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको छ । खिर संगै तरकारी र अचार खाँदा समस्या भएको बिरामीले जनाएका छन् ।

स्थानीय हिरा बिकका अनुसार भोजमा शय बढीको सहभागीता थियो । भात तरकारी र अचार खानेहरुमा समस्या नभएपनि खिर खानेमा समस्या देखिएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

Comments

ताजा खबर