भेलले वगाएर पाल्पामा एकको मृत्यु

२०७७, १३ श्रावण मंगलवार ११:२६

पाल्पा । वर्षासँगै आएको भेलले बगाउँदा रम्भा गाउँपालिका – १, हुँगीमा एक जनाको मृत्यु भएको छ । रम्भा गा.पा.- १ असर्दीमा रहेको आफ्नै खेतमा जादा ढुङ्गा माटो सहित पहिरोको भेलले बगाई ३० वर्षीय दिनेश अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भेलले बगाएर बेपत्ता भएका अर्यालको शव करीव दश मिटर तल पुरिएको अवस्थामा भेटिएको पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

Comments

ताजा खबर