तिनाउमा राेटा भाइरस विरूद्वकाे खाेप अभियान शुरू

२०७७, १३ श्रावण मंगलवार ०७:३१

पाल्पा,जिल्लाकाे तिनाउ गाउँपालिकामा राेटा भाइरस बिरूद्वकाे खाेप अभियान शूरू भएको छ । अभियान शुरू गर्दै गाउँपालिका अध्यक्ष अेाम बहादुर घर्ती मगरले राेटा भाइरस विरूद्वकाे खाेप अभियान तिनाउका सबै बालबालिकाहरूलाई आवद्व गराउन आर्गह गर्नु भयाे ।

गाउँपालिकाले वडा ३ काे झुसामा राेटा विरूद्वकाे खाेप अभियान शुभारम्भ गर्दै उहाले उक्त आवहान गर्नु भएको हाे । राेटा भाइरसबाट हुने झाडापखालाबाट नवजातशिशुलाई बचाउन राेटाकाे खाेप दिइन्छ ।६ हप्ता पुगेका बच्चाहरूलाई डिपिटि,हेपाटाइटिस वीसँगै राेटा खाेपकाे पहिलो मात्रा मुखबाट दिइन्छ । १० हप्ता पछि दाेस्त्राे मात्रा दिइन्छ । श्रावण महिनाबाट नेपाल भर शुरू गरिएको राेटा भाइरस विरूद्वकाे खाेप अभियानमा तिनाउ गाउँपालिकामा पनि शुरू गरिएको छ ।

खाेपकाे साथसाथै तिनाउमा सरसफाइ प्रर्वधनात्मक कार्यक्रम पनि शुरू गरिएको छ । जुन कार्यक्रम १ हजार दिनका अामाहरूलाई अामा र बच्चाकाे सरसफाइ र पाैष्टिक आहारकाे बारेमा स्वास्थ कर्मीहरूले जानकारी गराएका छन । खाेप शुभारम्भ कार्यक्रम स्वास्थ शाखा इन्चार्ज प्रमुख कृष्ण कार्कीले राेटा खाेपकाे बारेमा प्रकाश पार्नु भएको थियाे ।

झुम्सा स्वास्थ ईकाइ व्यवस्थापन समितिका सदस्य सुमित्रा पाण्डेकाे अध्यक्षतामा भएको उक्त कार्यक्रम नर्सिङ इन्चार्ज रिता थापाकाे स्वागत मन्तव्य र सिनियर अहेव ठाकुर कुवरकाे सञ्चालनमा सम्पन्न भएको थियाे । अभियानकाे पहिलो दिन वडा न ३ झुम्साका नवजात शिशु र आमाहरूकाे सहभागीता रहेको थियाे ।

Comments

ताजा खबर