स्वच्छ बन्दै प्रभास ताल, संरक्षणमा जुटे स्थानीय

२०७७, १२ श्रावण सोमबार १७:०२

भविन्द्र गौतम, पाल्पा । अस्थित्व संकटमा परेको प्रभास तालको संरक्षण हुन लागेको छ । बंशगोपाल क्लब र स्थानीय युवाहरूको सक्रियताले तालको स्वरुप परिवर्तन हुन लागेको हो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको ताल ३३ रोपनी क्षेत्रफलमा फैलिएको छ । डिभिजन बन कार्यालय पाल्पाले सिमसार क्षेत्र मानी गत २ बर्ष देखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ ।


जिल्ला समन्वय समिती बाट २ लाख, जिल्ला बन कार्यालय बाट ५ लाख र तानसेन नगरपालिका बाट २ लाख गरी कुल १२ लाख रुपैयाँको लागतमा ताल स्तरउन्नतिको काम भैरहेको छ । बंशगोपाल क्लबको नेतृत्वमा क्लब र स्थानिय बासिको जनश्रमदान बाट काम भैरहेको क्लबका अध्यक्ष प्रदिप खनालले बताउनु भयो । खानल भन्नुहुन्छ तालले हामिलाई हेरेको छ हाम्रा अग्रजले यसको महत्त्व बुझ्न सकेनन त्यसैले हामी अग्रसर भइ संरक्षणको थालनी गरेका छौ । तानसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष माधब जिसीले ताललाई प्रयटकिय स्थलको रुपमा बिकास गरेर सबैले फाइदा लिन सक्ने बताउनुभयो ।
कल्वले ताललाई सरसफाई गरी तालमा छिरेको प्रदुषित पानी फाल्ने, तालको चारैतिर वाँसले वारेर माथीवाट माटोले पुरी घुम्नमिल्ने वाटो वनाउने र ताललाई संरक्षण गर्ने योजना अनुसार काम भैरहेको अध्यक्ष प्रदिप खनालले बताउनु भयो ।

सिमसार क्षेत्रमा पर्ने तालमा जंगली धान, कत्ले माछा, असला माछा र कछुवा रहेका थिए । श्वयत कमल फुल फुल्ने तालमा लुम्बिनी मेडिकल कलेज र यस क्षेत्रबाट निस्केको ढलको आंसिक पानी तालमा मिसिएर स्वच्छ तालको पानी प्रदुशित बनेको छ । अस्तपालको विषाक्त फोहरहरु मिसिएपछि पानी सुक्ने गरेको र फोहरले नै तालको अस्थित्व खतरामा परेको स्थानीयले वताउछन् । ताल क्षेत्र वरपर रहेका प्रयटकिय क्षेत्रहरु धार्मिक हिसाबले शिवालय मन्दिर, सुर्य कुण्ड, बंशगोपाल मन्दिर रहेका छन ।
ताल अहिले झारले ढाकेको अवस्थामा रहेको छ ।

ताल संरक्षणका लागी वातावरण मन्त्रालयमा २०६८ मा पेश गरेको ११ बुदें वातावरण अध्ययान प्रतिवेदनमा उल्लेख गरिएका बिषयहरु पनि कार्यान्यवन नभएको पाइएको छ । तालमा साविक जिल्ला विकास समितिले माछा पालन र डुङ्गा संचालनका लागी लिजमा दिने गरेको थियो ।
प्रदुषणका कारण तालमा व्यवसाय गरेका विस्थापित भएका थिए । निजी स्वार्थ पुरा गर्न लाग्दा जिल्लाकै शोभा बोकेको प्रभास ताल केही बर्षमै पुरिने खतरा बढेको थियो । तालको सौन्दर्यीकरणलाई जोगाउन गुरुयोजना बनाई कार्यान्वयन गर्ने आवश्यक देखिएको छ ।

Comments

ताजा खबर