पुतलिवजारका १८ सहित २२ जनामा कोरोना संक्रमण पुष्टि

२०७७, १२ श्रावण सोमबार १५:४५

स्याङ्गजा । सोमवार गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार संक्रमितहरु स्याङ्गजाको पुतलिवजारका १८, कास्कीका २ र लम्जुङ्गका २ जना रहेका छन् । संक्रमित मध्ये २१ जाना पुरुष र १ जना महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको नर्देशनालयको प्रेस बिज्ञप्तिमा उल्लेख छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३९९ पुगेको छ ।

Comments

ताजा खबर