बन्दिपाेखराका किसानकाे मकैमा बादर अातंक र किराकाे प्रकाेप स्थानीय चिन्तित

२०७७, १२ श्रावण सोमबार १५:४२

पाल्पाकाे सदरमुकाम तानसेन नजिकैकाे तानसेन नगरपालिका वडा न ११ बन्दिपाेखरामा बारम्बार खेतबारीका मकैमा बादरले क्षति पुग्याउनुका साथै किराकाे प्रकाेप बढे पछि स्थानीयहरू मकै जाेगाउन नसकिने भन्दै चिन्तित भएका छन ।
अहिले काेराेनाका कारण मानिसहरू कृषि पेशामा उत्प्रेरित भई बाझाे रहेका खेतबारी खनी खेतीपाति गरेको कृषकहरूकाे खेतबारीमा पटकपटक बादरले मकैमा क्षति पुग्याए पछि चिन्तित भएका हुन ।
बन्दिपाेखराकाेबडहरबाेट,जाेगीपानी,भालुवन,जुकिया,तिलाहार,बाजा लगाएत तानसेन १० तेल्घा,अामडाँडा लगाएतका ठाउँहरूमा समेत बादरले मकैमा क्षति पुग्याएकाे छ ।

बन्दिपाेखराकी केशरी माया रानाभाटका अनुसार बादरकाे हुलले दैनिक रूपमा बारीकाे मकै क्षति पुग्याएरकाे बताउनु भयाे । घरमा एउटी बुहारी र अाफु रहेकाे बताउने रानाभाटले घाँस दाउरा गर्न जादा बारीकाे मकै खाएकाे बताउनु हुन्छ । साथै बादरलाई एक्लै लखेट्न पनि नसिकिने बताउनु भयाे ।

त्यस्तै साेही स्थानकि सुमित्रा वि कले पनि बादरले बारीमा फलेका मकै धेरै क्षति गरेकाे बताउनु भयाे । उहाका अनुसार भर्खर घाेगा लागेका मकै क्षति गरेकाे पनि बताउनु भयाे । विकले गाेर्खाली भ्वाइससँगकाे कुराकानी बादरले त मकै खायाे नै किराले फलेका मकैकाे घाेगामा समेत काटेकाे र मकैकाे बिरूवा रितै रहेको बताउनु भयाे ।
त्यस्तै तानसेन १० अामडाडाका सुन्दर बि कले पनि अाफ्नाे बारीकाे मकै बादर क्षति पुग्याएकाे बताउनु भयाे । उहाले भन्नू भयाे अहिले देशमा काेराेनाकाे यस्तो बिषम परिस्थिति छ ,काम पनि पाइदैन खेती किसानी गरेर बसेकाे बेला अहिले धेरै जसाे बारीकाे मकैमा क्षति पुग्याएकाे बताउनु भयाे ।

यसरी धेरै पाल्पाको धेरै भेगहरूमा अहिले बादरकाे अातंक छ । कृषकहरूले मेहनत गरेर लगाएकाे बर्ष भरिकाे मकै बादर र किराकाे अातंकले मेहनत खेर जाने हाे कि भनी किसानहरू चिन्तित छन । मकै बिरूवामा हुदा पनि फैजी किराकाे ,पछि सलह किराकाे प्रकाेपबाट पनि जाेगाइएका मकै अहिले बादरकै कारण स्याहार्न नसकिने हाे कि भनी बताउँछन् ।
पटकपटक यस बिषयमा हामी तानसेन वडा न ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेलाई यस्काे नियन्त्रणकाे लागि वडा कार्यालयले के याेजना बनाएको छ भनी प्रतीकृया लिदा

Comments

ताजा खबर