सुनको मुल्यमा नयाँ कीर्तिमान, प्रतितोला ९६ हजार ३ सय रुपैयाँ

२०७७, ११ श्रावण आईतवार १३:०७

काठमाडौं – आइतबार सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम भएको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज प्रतितोला ९६ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

यसअघि सुनको उच्च मूल्य शुक्रबार थियो । आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

पछिल्लो सातादेखि चाँदीको मूल्य पनि बढिरहेको छ । आज आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Comments

ताजा खबर