रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व चयन , अध्यक्षमा विनाेद भारती ।

२०७७, १० श्रावण शनिबार २०:४५

पाल्पा । रोट्याक्ट क्लव अफ पाल्पा तानसेनमा नयाँ नेतृत्व आएको छ । सामाजिक अभियान्ता विनोद भारतीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार तानसेनमा एक कार्यक्रमका बिच भारतीको अध्यक्षतामा वर्ष २०२०/०२१ का लागि नयाँ नेतृत्व चयन भएको छ ।

वर्ष २०१९/०२० का अध्यक्ष अमन काजी शाक्यले वर्ष २०२०/०२१ का अध्यक्ष भारतीलाई पद हस्तान्तरण गरेका हुन् । जसको निर्वतमान अध्यक्षमा अमन काजी शाक्य, प्रेसिडेन्ट ईलेक्ट अरुण श्रेष्ठ, उपाध्यक्ष (भिपी) तिर्था लम्साल, सचिव (सेक्रेटरी) विक्रम सिंह, सह–सचिव (जोन्टसेक्रेटरी) सुदिप्ता पराजुली, कोषाध्यक्ष विक्रमकाजी शाक्य, सह–कोषाध्यक्ष चिरञ्जीवी आचार्य, कम्युनिटी एसडी दुर्गाबहादुर थापा, क्लव एसडी विनय खाती, प्रोफेस्नल एसडी ड्रोन भूषाल, इन्टरनेश्नल एसडी सजित खाँण रहेका छन् । त्यस्तै क्लवले उपसमिति पनि गठन गरेको छ । जसमा फाइनान्स कोडिनेटर सिन्धु पौडेल, पब्लिक रिलेसन अफिसर बालकृष्ण बस्याल, सजेन्ट एट आम पहिलो जबिन मुनान्कर्मी, सजेन्ट एट आम दोस्रो सिर्जना पाण्डे, रोटरी कोडिनेटर कलावती दाहाल र डिष्ट्रक कोडिनेटर दिक्षा गिरी रहेका छन् ।

कार्यक्रममा निर्वतमान अध्यक्ष अमन काजी शाक्यले वर्ष २०१९/०२० को कार्यकालमा क्लवमा रहेर उत्कृष्ट कार्य गर्ने पाँच जना व्यक्तिहरुलाई अवार्ड घोषण गरेका थिए । जसमा मेम्वरसिप ग्रोथ अवार्डबाट बालकृष्ण बस्याल, प्रोजेक्ट अवार्डबाट कमल अर्याल, लिडर च्वाईस अवार्डबाट सुवास गैरे, रोट्री इन्टरनेश्नल अवार्डबाट विक्रम काजी शाक्य, वेष्ट रोट्याक्ट अवार्डबाट कला दाहाल सम्मानित भएका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लव पाल्पाका अध्यक्ष शिवप्रसाद देवकोटा, रोटरी क्लवका पूर्वअध्यक्ष उत्पलकुमार बज्राचार्यले अवार्डबाट सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लव पाल्पाका अध्यक्ष देवकोटा, रोटरी क्लवका पूर्वअध्यक्ष बज्राचार्य र रोट्याक्ट क्लवका पूर्व अध्यक्ष विवेककाजी शाक्य लगायतले नयाँ नेतृत्वको सफलताको शुभकामना व्यक्त गरेका थिए । उनीहरुले रोट्याक्ट संस्थाले जिल्लामा गरेका विभिन्न रचनात्मक कार्यहरु प्रति प्रशंसा गरेका थिए । क्लवका निजम दिन मियाँको स्वागत, क्लवका सदस्य

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु