श्रीनगर लायन्स क्लबले अमर नारायण मन्दिर परिसरमा वृक्षरोपण ।

२०७७, १० श्रावण शनिबार १७:३५

सन्ताेष गहतराज , पाल्पा ।  श्रीनगर लायन्स क्लबको आयोजना शनिबार   तानसेनको अमर नारायण  मन्दिर  परिसरमा वृक्षारोपण  कार्यक्रम  सम्पन्न  गरेको  छ । क्लबले चाप, तेज पात र सल्ल गरि करिब ४० वटा  बिरुवा  राेपेकाे छ । कार्यक्रमका प्रमुख  अतिथि  डिसटृक्त चिफ सुशील  प्रधानले अहिले क्लबले  डिस्टृक्त गभर्नर  शम्भु  नकर्मीको अह्वानमा  जुन २० / श्रावण १० गते  २०७७ मा देशभर  बाताबरण  बचाउ  नाराका साथ अगाडि बढेको बताउदै साेही अनुसार  याे  वृक्ष राेपण कार्यक्रम  गरिएको  बताउनु  भयो ।

प्रधानले रोपिएको  बिरुवाको संरक्षन गर्ने  पनि  बताउनु भयाे । कार्यक्रममा एड भाइजर तथा प्रदेश  सभासद डाक्टर  पुरन मान बज्राचार्य  र नारायण  मन्दिर  ब्यब्स्थापन समितिका अध्यक्ष  नारायण  कोइरालाले क्लबले एेतिहासिक स्थानमा बिरुवा  रोपेकाेमा धन्यवाद   दिदै राेपिएका बिरुवा हुर्काउन  पनि आग्रह  गर्नु भयो । कार्यक्रमका उपाध्यक्ष  यादव  सिह कार्कीकाे स्वागत , सचिब  कपिल  कृष्ण कार्कीकाे सञ्चालन र क्लबका अध्यक्ष  तारा कुवरको सभापतित्वमा  मा भएको  थियो । सो अबसरमा क्लबका पदाधिकारी  वार्ड  नम्बर  २ का जनप्रतिनिधि  नारायण  युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको  थियो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु