पूर्वराजा ज्ञानेन्द्र शाहले न्यायालयप्रति आम नागरिकको विश्वास नरहेको प्रतिक्रिया ।

२०७७, १० श्रावण शनिबार १०:५७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वोच्च अदालतको पछिल्लो विवादित फैसलालाई लिएर सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जाल ट्वीटर मार्फत एक सानो प्रतिक्रिया दिँदै न्यायालयप्रति आम नागरिकको विश्वास नरहेपछि राज्य संकटमा पर्ने बताएका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहले भनेका छन् ‘जब न्यायालयप्रतिको आम नागरिकको विश्वास डगमगाउन थाल्छ तब राज्य सङ्कटमा पर्छ ।’

श्रीमतीको हत्याको अभियोगमा जन्मकैद सजाय भोगीरहेका सशस्त्र प्रहरीका पुर्व डिआईजी रञ्जन कोइरालाको सजाय कम गर्ने सर्वोच्चको फैसला प्रति सडक तथा समाजिक सञ्जालमा देखिएको जनआक्रोशको प्रतिक्रिया स्वरुप पूर्वराजा ज्ञानेन्द्र शाहले यस्तो ट्वीट गरेका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु