उद्योग वाणिज्य महासंघको चुनाव सर्‍यो ।

२०७७, ९ श्रावण शुक्रबार ०५:३०

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको चुनाव तोकेको मितिमा नहुने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले लकडाउन खुल्ला भए पनि कोरोनाको त्रास अझै रहेकाले तोकेको मितिमा नहुने जानकारी दिएका हुन्। उनले सरकारले सभा सम्मेलन गर्ने अनुमति दिएको १५ दिनपछि चुनाव हुने बताए।

उनले भने, ‘लकडाउन पूर्ण रुपमा खुकुलो भएपनि कोरोना भाइरस सकिएको छैन। सरकारले अझै सभा सम्मेलन गर्ने निर्णय गरको छैन। जुनदिन सरकारले सभा सम्मेलन गर्ने निर्णय गर्छ त्यसको १५ दिनपछि चुनाव हुन्छ।’

महासंघले साउन २६ र २७ गते साधारण सभा गर्ने र नयाँ कार्यसमिति चयन गर्ने निर्णय गरेको थियो ।

Comments

ताजा खबर