ठुलो ढुङ्गासहितको पहिरो खसेर सिद्धार्थ राजमार्ग अबरुद्ध

२०७७, ८ श्रावण बिहीबार २२:४५

पाल्पा । दिनहुुँजसो अबरुद्ध भैरहने सिद्धार्थ राजमार्ग को बुटवल पाल्पा सडक खण्ड आज पनि अबरुद्ध भएको छ । राजमार्गको दोभान बुटवल खण्डमा रहेको कालीनाग मन्दिर नजिकै ठुलो ढुङ्गा ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठलेका अनुसार बिहीबार राती ९:३० बजेदेखि बाटोअबरुद्ध भएको हो । सडक माथिबाट खसेकाे ठूलाे ढंगा सहितकाे पहिराेले सडक पुर्णरुपमा अबरूद्ध बनेकाे प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनिभयो ।
राजमार्गको डुम्र, दोभान, सिद्धबाबा क्षेत्रमा दिनहुुँजसो ढुङ्गा झरेर बाटो अबरोध हुने गरेकोहुँदायात्रा गर्न जोखिम बढेकाले पाल्पा – बुटवल सडक खण्डमा रातिमा यात्रा नगर्न आग्रह गरेको छ । फाइल तस्बिर :

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु