बिहीबार थपिए कोरोनाका १ सय ४७ संक्रमित कुल संक्रमितको संख्या १८२४१

२०७७, ८ श्रावण बिहीबार १६:५८

बिहीबार १ सय ४७ जना कोरोनाका संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।


यीसहित मुलुकभर कुल संक्रमितको संख्या १८२४१ पुगेको छ। यद्यपी विभिन्न अस्पतालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ छ।

त्यस्तै ६ जिल्लाहरुमा कोरोनाका संक्रमित छैनन्। पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका संक्रमित देखिएका छैनन्। यसअघि ती जिल्लामा संक्रमित देखिए पनि अहिले निको भइसकेकाले ६ जिल्लामा अहिले कोरोनाका कुनै बिरामी नरहेको गौतमले बताए।

Comments

ताजा खबर