नेपाली कांग्रेस नवलपरासी ( ब सु पुर्ब) को कृयाशिल सदस्यता बितरण सम्बन्धि कार्य प्रारम्भ ।

२०७७, ७ श्रावण बुधबार २१:२२

साउन ७ ,कावासोती । नेपाली कांग्रेस नवलपरासी ( ब सु पुर्ब ) ले आज देखि कृयाशिल सदस्यता नवीकरणका लागि कार्य प्रारम्भ गरेको छ ।

नेपाली कांग्रेस जिल्ला सभापति माननीय बिस्नु प्रसाद लामिछानेले संघीय क्षेत्र न २ का  संघिय क्षेत्रीय सभापति ,उपसभापति ,नगर सभापतिको रोहवरमा क्षेत्र नम्बर २ का ४०  वडाका वडा  सभापतिलाई नवीकरण फारम ,कार्य विधि , नेपाली कांग्रेसको नियमावली र बिधान हस्तान्तरण गर्नु भएको हो । आज पठाइएका सबै नवीकरण फारमहरु साउन २० गते भित्र जिल्लामा फिर्ता हुनुपर्ने छ । सदस्यता नवीकरण कार्य पश्चात् नयाँ सदस्यता बितरण कार्य प्रारम्भ हुने नेपाली कांग्रेस जिल्ला सचीव बालकृष्ण घिमिरेले बताउनुभयो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु