चर्चित अभिनेता राजेश हमालको भाइ राकेश हमालको निधन ।

२०७७, ७ श्रावण बुधबार २०:११

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता राजेश हमालको भाइ राकेश हमालको निधन भएको छ ।

राकेशको कलेजोको उपचारका क्रममा निधन भएको स्रोतले जनाएको छ ।उनको कलेजोमा समस्या देखिएपछि केही दिन अघि उनलाई नयाँ दिल्लीको ह्याम्स अस्पतालमा लगिएको थियो ।

राकेशको परिवार पनि राजेशसँगै काठमाडौंमा एउटै घरमा बस्दै आएका छन् । राकेशका श्रीमती र दुई छोराछोरी छन् । त्यस्तै हमालका अन्य तीन दिदीबहिनी रहेका छन् । राकेश भने राजेशको एक मात्र भाइ हुन् ।

स्रोतका अनुसार राकेशको शव दिल्लीबाट नेपाल ल्याउने तयारी भइरहेको बुझिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु