सरकारले बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारलाई राहत दिने निर्णय ।

२०७७, ७ श्रावण बुधबार १९:४०

काठमाडौं- बाढी पहिरोलगायत विपद्का घटनामा ज्यान गुमाउनेका परिवारलाई सरकारले २ लाख रुपैयाँ राहत दिने भएको छ।

एकै परिवारमा एक जनाभन्दा बढीको ज्यान गए थप एक एक लाख रुपैयाँ दिइने सरकारले निर्णय गरेको हो। प्रकोप पिडित उद्धार र राहत सम्बन्धी मापदण्ड २०६४ लाई सातौँपटक संसोधन गर्दै सरकारले उक्त व्यवस्था गरेको हो।

सरकारले विपद पीडित उद्धार तथा राहत व्यवस्थापनमा खटिने व्यक्तिलाई उचित पुरस्कारको घोषण गरेको छ । उद्धार र राहतको काममा खटिने समाजसेवी, राजनीतिक व्यक्ति, व्यवसायी, सामाजिक संघसंस्था एवं राष्ट्रसेवक कर्मचारीलाई पुरस्कार दिन प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले गृह मन्त्रालयमा सिफारिस गर्न सक्नेछन् । सरकारले एकद्वार विधिबाट राहत वितरण गर्ने भएकाे छ।

Comments

ताजा खबर