१२० दिन लामो लकडाउन हिजो मंगलबार मध्यरातबाट अन्त्य, सवारी साधनमा जोर-बिजोर प्रणाली हट्यो

२०७७, ७ श्रावण बुधबार ०६:२४

चैत ११ गतेदेखि लागू भएको लकडाउन सरकारले आकस्मिक रुपमा आज मंगलबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले पत्रकार सम्मेलन मार्फत बताए ।

मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रवक्ता खतिवडाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गरेका हुन । लकडाउन अन्त्य भएको घोषणा भएपनी लकडाउन आंशिक रुपमा भने भदौको सुरुसम्मै लागू हुने देखिन्छ ।

लकडाउन अन्त्य भए सँगै सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली पनि खारेज भएको छ । तर लामो दूरीका सवारीसाधन भने भदौ १ पछिमात्रै सञ्‍चालनमा आउने छन्। साउन १५ बाट होटल खुल्ने,भोज र पार्टी गर्न नपाइने

पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भने, ‘सार्वजनिक यातायात नियमित रूपमा चल्ने भएका छन् । त्यस्तै, निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् ।’

साथै सरकारी कार्यालयमा लागू गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरिएको छ ।

के-केमा प्रतिबन्ध कायमै छ ?

यसका साथै केही क्षेत्रमा प्रतिबन्ध कायमै राखिएको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिक बाहेक अरुलाई आवागमनमा लगाइएको रोक साउन ३२ सम्म कायमै रहनेछ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु