खुमालटारमा प्रचण्डले आफ्ना नेताहरुसँग गुट भेला ।

२०७७, ५ श्रावण सोमबार ११:५०

काठमाडौ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूनिकट स्थायी समिति सदस्यसँग छलफल गरेका छन्।प्रचण्ड निवास खुमलटारमा भएको भेलामा पूर्वमाओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरू रहेका छन्।

गृहमन्त्री रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट भने छलफलमा सहभागी छैनन्। यसअघि हिजो पनि नेकपा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसँग प्रचण्डले छलफल गरेका थिए । अन्य गुटगत भेलामा सहभागी हुने गृहमन्त्री थापा विशेष काम देखाएर उपस्थित भएका थिएनन् ।

स्रोतका अनुसार प्रचण्डले पूर्वमाओवादीहरू एक आपसमा एकजुट हुन नसकेको भन्दै स्थायी कमिटि सदस्यहरुलाइृ भेटघाटका लागि बोलाएका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु