अबरुद्ध सिद्धार्थ राजमार्ग ४३ घन्टा पछि खुल्यो

२०७७, ४ श्रावण आईतवार १८:१२

पाल्पा । धुले पहिरोले अबरुद्ध भएको सिद्धार्थ राजमार्ग ४३ घण्टा पछि खुलेको छ । तानसेन–बुटवल सडकखण्ड अन्तर्गत गौडेपुल नजिकै गएको पहिरो निरन्तरको प्रयास पछाएपछि एकतर्फी रुपमा सवारी संचालन भएको छ ।
पाल्पाको तानसेन नगरपालिका, डुम्रे र गौडेखोला बीचमा शुक्रबार बिहानदेखि सडकमा पहिरो खसेकामा दुबैतर्फ पहिरो पन्छाएर सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए । ढुंगा माटो पन्छाउन डोजर, एक्स्काभेटर र लोडर प्रयोग गरिएको थियो । निरन्तर रुपमा खसेको पहिरोले अबरुद्ध भएको बाटोको पहिरो पन्छाउन समस्या भएको थियो । घाम लागेको बेला अथवा पानी परेको बेला जुनसुकै समयमा पहिरो निरन्तर खस्ने गरेकाले यो क्षेत्रमा यात्रा गर्नु निकै जोखिम बढेको छ ।

Comments

ताजा खबर