पाल्पा लायन्स क्लबले नारायण मन्दिर वरपर वृक्षारोपण गर्‍यो ।

२०७७, ४ श्रावण आईतवार १४:००

सन्ताेष गहतराज , पाल्पा । सामाजिक कार्यमा सकृय रहेकाे सस्था पाल्पा लायन्स क्लबको  तानसेनको नारायण  मन्दिर  परिसरमा बृक्षारोपण गरेकाे छ।

क्लबले सल्ला ,रुद्राक्ष, धुपी, बकाइनो लगाएतका  गरि करिब ५० वटा बिरुवा  नारायण स्थान वरपर रोपिएको  जनाएको छ 

कार्यक्रमका प्रमुख अतिथि वडा न २ का अध्यक्ष  बरुन  रेग्मी  वृक्षरोपण गरेकोमा सस्थालाई धन्यवाद दिदै लगाइएका बिरूवाकाे उचित संरक्षणमा पनि ध्यान दिन आग्रह गर्नु भयाे । कार्यक्रममा वडा २ का वडा सदस्यहरू, सस्थाका सदस्यहरू लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम क्लबका अध्यक्ष सारदा नेपाल अध्यक्षता र क्लब का सचीव समिर मान सिह को सन्चालनमा भएको थियोे । कार्यक्रम डिस्टिकको कार्यक्रम अनुसार  गरिएको डिस्ट्र्क डेपुटीको अर्डिनेटर राजेन्द्र लिगलले बताउनु भयो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु