कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ लाख नाघ्यो

२०७७, ३ श्रावण शनिबार १७:०८

पाल्पा । कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको कुल सङ्ख्या ६ लाख नाघेको छ । आठ महिनाअघि चीनको वुहानबाट सुरु भएर विश्वका दुई सय तेह्र देशमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या छ लाख नाघेको वल्डाेमिटरले जनाएको छ । यो समाचार सम्पादन गर्दा सम्म ६ लाख १ सय ३१ जनाको मृत्युु भएको छ । कोरोना प्रभावबारे विश्वको तथ्याङ्क सार्वजनिक गरिरहेको वल्डाेमिटरका अनुसार विश्वका एक करोड ४२ लाख १५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा ६ लाखभन्दा धेरैको ज्यान गएको छ । ८४ लाख ८७ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।
सबैभन्दा प्रभावित तीन देशहरु
अमेरिका :-
कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा परेको छ । अमेरिकामा ३७ लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण हुँदा एक लाख ४२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
ब्राजिल :-
दोस्राे नम्बरमा परेकाे ब्राजिलमा २० लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा ७७ हजार नौ सयभन्दा धेरैको ज्यान गएको छ ।
भारत :-
तेस्राे नम्बरमा छिमेकी देश भारतमा १० लाख ४० हजार नौ सय भन्दा धेरैमा सङ्क्रमण हुँदा २६ हजार दुई सय ९५ जनाको ज्यान गएको छ । भारत कोरोनाकाे कारण धेरैको ज्यान जाने देशको सूचीमा भने आठौँ नम्बरमा रहेको छ ।

Comments

ताजा खबर