टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक

२०७७, ३ श्रावण शनिबार १२:२०

टोकियो । सन् २०२१ मा आयोजना हुने टोकियो ओलम्पिक खेलकुदको खेल तालिका सार्वजनिक भएको छ । आयोजक जापान ओलम्पिकले हिजो शुक्रबार खेल तालिका सार्वजनिक गरेको हो । उसले सार्वजनिक गरेको खेल तालिकाअनुसार जुलाई २३ देखि अगस्ट ८ सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

प्रतियोगिताको औपचारिक उद्घाटन जुलाई २३ मा भए पनि विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जुलाई २१ मा फुटबल र बेसबलका प्रतियोगिताहरु सञ्चालन हुनेछन् ।

कोरोना भाईरसको कारण एक वर्ष सरेको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । टोकियोको विभिन्न ४२ स्थानमा प्रतिस्पर्धा हुने जापान ओलम्पिकले जनाएको छ ।

Comments

ताजा खबर