अवरुद्ध सिद्दार्थ राजमार्ग खुल्याे 

२०७७, २ श्रावण शुक्रबार १६:०७
पाल्पा । शुक्रवार विहान देखी पहिराेले अवरुद्ध सिद्दार्थ राजमार्ग खुलेकाे छ । पहिरो खस्ने क्रम राेकिएपछी डाेजरले पहिराे पन्छाएर राजमार्गमा यातायात सूचारु भएकाेे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । तानसेन न.पा.- ८ गौडेपुलमा पहिरोको कारणले बुटवल – तानसेन सडक खण्ड अवरुद्ध भएको थियाे । पहिरोका कारणले बुटवल- तानसेन सड्क खण्ड अवरुद्ध भएर सवारीसाधनहरु लाममा लागेका थिए ।
वर्षातकाे समयमा सिद्दार्थ राजमार्गकाे यात्रा निकै जाेखिमपुण मानिएकाे छ ।
Comments

ताजा खबर