डुम्रेमा पहिरो – सिद्धार्थ राजमार्ग बुटवल तानसेन सडक अबरुद्ध

२०७७, २ श्रावण शुक्रबार ०७:३२

पाल्पा । राति देेेेखि परेको बर्षाले पहिरो खस्दा सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । बिहान ६ बजेको समयमा तानसेन नगरपालिका वडा नं ८ डुम्रे नजिकै राजमार्गमा पहिरो खसेको हो । पहिरोले सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक खण्ड अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पहिरो खस्ने क्रम निरन्तर भएकाले पहिरो हटाउन नसकेको प्रहरीले जनाएको छ ।
केहिदिन देखि घाम लागेको बेला अथवा पानी परेको बेला जुनसुकै समयमा पहिरो निरन्तर खस्ने गरेकाले यो क्षेत्रमा यात्रा गर्नु निकै जोखिम बढेको छ ।  फाइल तस्बिर ।

Comments

ताजा खबर