बिहिबार टोकियोमा एकैदिन २८६ जनामा कोरोना संक्रमण पुष्टि l

२०७७, १ श्रावण बिहीबार १५:२१

टोकियो – जापानको राजधानी टोकियोमा एकैदिन २८६जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दिउँसो ३:४० बजेको अपडेट अनुसार बिहिबार २८६ जनामा कोरोना संकह भएको हो । यो संगै टोकियो भित्रमात्रै कोरोना संक्रमितहरुको संख्या ८ हजार ६ सय ४० जना पुगेको छ ।

हिजो बुधबार टोकियोमा १६५ जना,ओसाकामा ६१ जना,खानागावा केनमा ४३ जना,साईतामा केनमा ३८ जना,चिबा केनमा २९ जना,होक्काईदोमा १३ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।

Comments

ताजा खबर