कोही-कसैमाथि चोट पुर्‍याउने नियतले प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक भएको होइन – परराष्ट्र

२०७७, ३० असार मंगलवार २०:२७

काठमाडौं । श्रीरामको जन्मभुमी सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति पछि परराष्ट्र मन्त्रालयले यसबारे आधिकारिक धारणा बाहिर ल्याएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोही–कसैमाथि चोट पुर्‍याउने नियतले प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक नभएको उल्लेख गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी नेपालमा पर्छ भनेर अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्रीको भनाइ पछि विभिन्न सञ्चारमाध्यममा यसले विशेष स्थान पायो । भारतका सञ्चारमाध्यमहरुले पनि यसलाई विशेष रुपमा प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरेका थिए ।
परराष्ट्र मन्त्रालयको विज्ञप्ति हेरौ :-
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्म जयन्ती समारोहका दौरान दिएको अभिव्यक्तीको धेरै तरिकाले व्याख्या भएकोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा यी विषयमा परराष्ट्र मन्त्रालय स्पष्ट पार्न चाहन्छ ।

  •  प्रधानमन्त्रीले दिएको अभिव्यक्ती कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कोही कसैको भावना र संवेदनामा चोट पुर्‍याउने नियत होइन ।
  •  श्री राम र उनीसँग जोडिएका स्थानहरुका विषयमा विभिन्न किंवदन्ती र उदाहरण रहिआएकोमा प्रधानमन्त्रीले श्री रामबारे तथ्य हासिल गर्नका लागि रामायणले प्रतिनिधित्व गर्ने बृहद सांस्कृतिक भूगोल, रामायण र समृद्ध सभ्यतासँग जोडिएका विभिन्न स्थानबारे थप अध्ययन र अनुसन्धानको महत्वबारे प्रकाश पार्न खोज्नुभएको थियो ।
  • अयोध्याको महत्व र यसले बोक्ने सांस्कृतिक मूल्य कम गर्न लागि यस्तो अभिव्यक्ती आएको थिएन । ध्यान दिन जरुरी छ कि नेपालमा हरेक वर्ष विवाह पञ्चमी मनाउने परम्परा छ,  जहाँ भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउँछन् । मेइ २०१८ मा नेपाल र भारतका प्रधानमन्त्रीले रामायण सर्किट शुभारम्भ गरेका छन्, जसअन्तर्गत जनकपुर–अयोध्या यात्रुवहाक बस सेवा महत्वपूर्ण पक्ष हो । यी तथ्यहरुले हाम्रा दुई देश र जनताबीचको प्रगाढता दर्शाउँछ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु