नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार नाघ्याे

२०७७, ३० असार मंगलवार १६:५०

काठमाडौं । नेपालमा थप ११६ जनामा कोरोना संक्रमण भएको छ । याे संगै कुल कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ । मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कुल २ लाख ९३ हजार ७३९ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

Comments

ताजा खबर