यु एन डी नेपालको अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा समाजसेबी बिमल भट्ट र चिरन्जिबी थापा नियुक्त ।

२०७७, ३० असार मंगलवार ०४:१७

जापान  । समाजसेबी बिमल भट्ट र चिरन्जिबी थापालाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा नियुक्ति गरिएको छ ।

“देश बिकाशका लागि एकता” यु एन डी नेपालको नियमित बैठकबाट अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा समाजसेबी, बौदिक व्यक्तित्व, युवा नेता बिमल भट्ट र समाजसेबी चिरन्जिबी थापालाई जापानबाट सल्लाहकारको रुपमा नियुक्ति गरेको हो ।

हरेक देशमा सल्लाहकार नियुक्त गर्दै आइरहेका छौ, सोही अनुसार आज समाजसेबी बिमल भट्ट र चिरन्जिबी थापालाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा नियुक्त गरिएको यु एन डी नेपालका केन्द्रिय अध्यक्ष सुजन सापकोटाले जानकारी दिनु भयो । युवा बर्गको सल्लाह सुझाबलाई लिएर विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको उहाँले बताउनु भयो ।

“देश बिकाशका लागि एकता” यु एन डी नेपालको केन्द्रिय कार्यालय पोखरा-३ नदिपुरमामा रहेको छ । कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु