सिद्धार्थ राजमार्गमा पहिरो, बुटवल दोभान सडक अबरुद्ध

२०७७, २९ असार सोमबार २२:५९

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका – ३ पैठेडाडामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक देखि माथिबाट सुख्खा पहिरो सहित ठुलो ढुङ्गा खसेकाले सडक पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सोमबार साढे ५ बजे तिर पहिरो खसेको थियो । पहिरोमा  ठुलो ढुङ्गा भएकाले जेसिबीले हटाउन सम्भव नभएको हुुँदा सडक डिभिजन संग समन्वय गरी ब्रेकर ल्याई बुटवल साईडबाट ढुङगा फुटाली पहिरो हटाउने काम सुरु भएको थियो ।

रातीको समय भएकाले खतरा हुने हुँदा पहिरो हटाउने काम रोकीएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मंगलबार बिहानै पुन: काम सुरु हुनेछ । बाटो अबरुद्ध भएपछी सवारी साधनहरु दोभान, भुतखोलातर्फ नै रोकिएको छ । रुपन्देहीतर्फबाट आएका सवारी साधन सिद्धबाबामै रोकिएका छन् ।

पाल्पाको सिद्धबाबा क्षेत्रमा सधैं पहिरोका कारण यात्रा गर्न जोखिम बनेको  छ ।

Comments

ताजा खबर