१० हजार भन्दा धेरै सन्क्रमित निको भए

२०७७, २९ असार सोमबार २०:१४

पाल्पा । कोरोना संक्रमण भएका १० हजार भन्दा धेअरी निको भएका छन । सोमबार एकैदिन १७ सय ५ जना कोरोना संक्रमित व्यक्ति उपचारपछि डिस्चार्ज भएका हुन । योसँगै डिस्चार्ज हुने कुल संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा गएको २४ घण्टामा १ हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । कुल संक्रमण भएकाको तथ्यांकलाई हेर्दा ६१ प्रतिशत संक्रमित डिस्चार्ज भएका छन् । कुल संक्रमण रहेका मध्ये आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित रहेका छन ।
मन्त्रालयले दिएको जानकारी अनुसार सोमबार भएको परिक्षणमा देशैभरी १ सय ४४ जना संक्रमित थपिएका छन । सरकारले १४ दिन अस्पताल बसेका र लक्षणविहीन संक्रमितलाई परीक्षणबिना पनि घर पठाउन सक्ने नयाँ निर्देशिका जारी गरेपछि डिस्चार्ज हुनेको संख्या ह्वात्तै बढेको हो। क्वारेन्टिनमा बस्नेको संख्या भने २३ हजार ४ सय ७० छ । पछिल्लो समय क्वारेन्टिनमा बस्ने व्यक्तिको संख्या घटेकाले परीक्षण संख्या पनि घटेको छ।

Comments

ताजा खबर