भारतीय हस्तक्षेपको कारण तराई डुब्यो , गृहमन्त्री थापा ।

२०७७, २९ असार सोमबार १७:१७

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापाले सीमामा भारतको हस्तक्षेपका कारण नेपालको तराई क्षेत्रको भूमि डुबानमा परेको बताएका छन्। उनले सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको बताए।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतवार बसेको बैठकमा गृहमन्त्री थापाले पटक पटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको बताए।

नेपाली भूमिलाई डुबानमा पार्ने गरी भएका भारतीय निर्माणबारे पटकपटक दुई देशबीच छलफल भएको तर त्यसले उचित निकास नपाएको मन्त्री थापाको भनाइ थियो। भारतले सीमा क्षेत्रमा बनाएको बाँध र संरचना हटाउन पहल गरेपनि सार्थक नभएको पनि उनले बताए। 

समितिको छलफलमा सांसदहरूले भारतले पूर्व मेचीदेखि पश्‍चिम महाकालीसम्म नेपालको सीमामा सडक निर्माण गरेर बर्खाको पानी निकास हुन नदिएको बताएका थिए। समितिले नेपाली सीमामा भारतले निर्माण गरेको सडक तथा बाँध तत्काल हटाउन पहल गर्न सरकारलाई निर्देशन पनि दिएको छ। 

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु