तानसेन ७ मा खानेपानी धारा र मिटर वितरण शुरू ।

२०७७, २९ असार सोमबार १६:००

सन्ताेष गहतराज , पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा न ७ सहलगानी खानेपानी अन्तर्गत नागरिककाे घरघरमा धारा जडान गर्न उदेश्यले  एक घर एक धारा अभियान अन्गर्गत खानेपानी धारा जडान गर्न धारा र मिटर वितरण शुरू गरिएको छ ।

नेपाल सरकार खानेपानी मन्त्रालयकाे करिब १२ कराेड अार्थिक सहयाेग   र बाकी वडाका उपभोक्ताकाे श्रमदानमा  घरघरमा खानेपानीकाे धारा जडान गर्ने काम अन्तिम चरणमा पुगेकाे र साेही अनुसार खानेपानी धारा जडान गर्न  धारा र मिटर वितरण कार्य शुरू भएको छ । 

अहिले वडा कार्यालयले बाेरिङग मार्फत खानेपानी वितरण गर्नका लागि टंकी  निर्माणकाे कार्य  र नाला विछ्याउने काम पनि सकिसकेकाे र अहिले वडा न ७ भित्र प्रत्येक नागरिकहरूकाे घरघरमा खानेपानी धाराे जाेडनका लागि धारा र मिटर वितरण गरिएको वडा कार्यालले जनाएको छ ।

 वडा न ७ भित्रका प्रभास,शिखर डाडा,कुन्सरे लगाएतका ठाउहरूमा अहिले धमाधम खानेपानी पानी धारा जडान गर्न अहिले वडाबाट मिटर र धारा वितरणकाे कार्य भइरहेको वडा कार्यालयले जनाएको छ । वडा न ७ का वडा अध्यक्ष मुक्ति राम जिसीका अनुसार अाफुले वडाका नागरिकहरूलाई चुनावकाे बेलामा सबैकाे घरघरमा खानेपानी धारा पुग्याउने बाचा गरेको बताउदै अब केही दिनमा सबै नागरिकहरूकाे घरघरमा खानेपानीकाे धारा पुग्याउने बताउनु भयाे ।

अहिले वडा न ७ का करिब २ हजार भन्दा धेरै  घरमा खानेपानीकाे धारा जडान गरिने वडा अध्यक्ष जिसीले गाेर्खाली भ्वाइसलाई बताउनु भयाे ।वडा कार्यालयले वडाका सबै नागरिकहरूकाे घरघरमा धारा पुग्याउने भए पछि खानेपानीकाे समस्या झेलिरहेका  नागरिकहरू खुशी भएका छन ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु