अमेरिकी अभिनेत्री केली प्रेस्टनको निधन भएको छ।

२०७७, २९ असार सोमबार १३:१२

एजेन्सी ।  हलिउडका अभिनेता जोन ट्राभोल्टाकी श्रीमती केली प्रेस्टनको स्तन क्यान्सरबाट मृत्यु भएको छ। ५७ वर्षीय केली प्रेस्टनले  दुई वर्षसम्म गोप्य रूपमा यस रोगसँग संघर्ष गरिरहेकी थिइन्।

परिवारका एक प्रतिनिधिले विज्ञप्ति जारी गर्दै आइतबार बिहान दुई वर्षको स्तन क्यान्सरसँग जुधिरहेकी केलीको मृत्यु भएको जानकारी दिएका थिए। उनले यस रोगलाई सार्वजनिक नगरी गोप्यरुपमा चिकित्सकहरुबाट उपचार गराइरहेकी समाचार माध्यम ‘द सन’ले जनाएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु