महँगियो सुन, तोलामा ९२ हजार ३०० रुपैयाँ पुग्यो

२०७७, २९ असार सोमबार १२:४८

सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । छापावाल सुन सोमबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य सोमबार २०५ रुपैयाँले बढेर ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तैगरी चाँदी पनि रु १० बढी तोलामा ९९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

              साथै यो पनि

आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।

Comments

ताजा खबर