तिनाउ गाउपालिकाले नवजात शिशुलाई स्वागत गर्दै स्वास्थ्य सामाग्री वितरण ।(फोटो फिचर )

२०७७, २८ असार आईतवार २०:१५

सन्ताेष गहतराज , पाल्पा। जिल्लाकाे तिनाउ गाउँपालिकाले वडा न २ दाेभानका नवजात १ बर्ष भित्रका शिशुलाई दाेभान स्वास्थ्य चाैकीमा स्वागत तथा सम्मान गरिएको छ ।

दाेभान स्वास्थ्य चाैकीकाे आयोजनामा  वडा न २ वडा समितिकाे पहलमा तथा गाउँपालिकाकाे अर्थिक सहयाेगमा ४८ जना नवजात शिशुलाई न्यानाे कपडा,लाम खुट्टेबाट जाेगिन झुल र सर्वाेतम पिठो दिएर स्वागत गरिएको वडा अध्यक्ष राजेश श्रेष्ठले बताउनु भयाे । तिनाउ गाउँपालिकाका स्वास्थ्य इन्चार्ज कृष्ण कार्कीले  शिशु जन्मेको २ बर्ष सम्म नवजात शिशुकाेस्वास्थ्य, खानपान, न्यानाेपन, सरसफाइ लगाएतका कुराहरूमा ध्यान पुग्याउनु पर्ने बताउनु भयाे ।


कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष ओम  बहादुर घर्ती मगरले नवजात शिशुलाई स्वागत गर्दै स्वास्थ्य सामाग्री वितरण गर्नु भएको थियाे । उक्त कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाहरू तुल कुमारी चिदी र प्रेम कुमारी बगालेलाई स्वेच्छिक अवकास लिएकाेमा १०,१० हजार रूपैयाँ प्रदान गरि बिदाइ पनि गरिएको थियाे  कार्यक्रम वडा न २ काे वडा अध्यक्ष राजेश श्रेष्ठकाे अध्यक्षता र दाेभान स्वास्थ्य चाैकी प्रमुख  ठाकुर सिंह  कुवरकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

Comments

ताजा खबर