तिनाउ २ दोभानलाई पूर्ण सरसफाई युक्त वडा बनाउने अभियान

२०७७, २७ असार शनिबार १४:०१

पाल्पा- जिल्लाकाे तिनाउ गाउँपालिकाको वडा नं. २ दोभानलाई पुर्ण सरसफाई युक्त वडा बनाउने अभियान सुरु भएको छ । वडालाई पूर्ण सरसफाई युक्त बनाउने गरेर अगाडि जानको लागि गाउँका विभिन्न स्थानमा तिनाउ गाउँपालिकाकाे सहयाेग र रेडक्रस पाल्पाको सहकार्यमा डष्टविन, बाल्टी वितरण, सरसफाई सम्बन्धि जनचेतना लगायतका कामहरु गरिएको वडा अध्यक्ष राजेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पूर्ण सरसफाईयुक्त वडा बनाउनका लागि सरसफाई सम्पूर्ण सूचकमा वृद्धि गर्नका लागि विभिन्न कामहरु गरिएको त ।
प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले दोभानलाई यस वर्ष पूर्ण सरसफाई युक्त वडा बनाउने गरी बजेट विनियोजन भएको र सोही अनुसार विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो ।

उहाँले पूर्ण सरसफाई अभियानका लागि स्थानीय जनता, महिला समूह, टोल विकास संस्था, स्थानीय समासेवी सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

तिनाउ गाउँपालिकाको वडा नं. २ दोभानलाई पुर्ण सरसफाई युक्त वडा बनाउने अभियानमा हातधुन र फाेहाेर व्यस्थापनकाे लागि बाल्टिन र डस्टविन वितरण गरिएकाे अध्यक्ष श्रेष्ठले बताउनुभयाे । हरियाली गाउँ,माहापुर,हापुर,तिनहले,नुवाकाेट,गणेहटाेल,सिस्नेरी,

माहाराबास,सुकेताल लगाएतका ४ सय ९७ घरलाई वितरण गरिएकाे छ ।

तिनाउ २ लाई पुर्ण सरसफाइ युक्त वडा घाेषणा गर्ने कार्यक्रम अन्तर्गत खानेपानी र सरसफाइकाे काम वढी रहदा सबै घरलाई पुग्ने गरी गत वर्ष याे वर्ष हात धुनकाे लागि बाल्टी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अेामबहादुर घर्तीले बताउनुभयाे ।

Comments

ताजा खबर