श्रीनगर युवा रेडक्रसले गग्याे वृक्षरोपण

२०७७, २७ असार शनिबार १३:५३

पाल्पा -जिल्लाकाे सामाजिक कार्यमा सकृय रहेकाे सस्था श्रीनगर युवा रेडक्रसले तानसेनकाे धुवाघाटकाे राेज रिसोर्ट वरपर हरियो बन नेपाल धन भन्ने नाराका साथ शनिवार वृक्षरोपण गरेको हाे ।


कार्यक्रमका प्रमुख अतिथि डा.बिष्णु पाठकले वृक्षराेपण गरेकोमा धन्यवाद दिदै वृक्षराेपणले स्वास्थ वातावरण प्रदान गर्ने बताउनु भयाे । साथै अागामी दिनमा यस्तै सामाजिक कार्य पनि अार्गह गर्नु भयाे । कार्यक्रममा रेडक्रस को तर्फवाट कार्यक्रम अधिकृत विनोद भारतीले वृक्षराेपण गरेर मात्र नहुने बताउदै उचित संरक्षण गर्न पनि अार्गह गर्नु भयाे । कार्यक्रममा सम्पूर्ण कार्यसमितिका सदस्यहरूकाे उपस्थिति रहेको थियाे ।


कार्यक्रम क्लबका अध्यक्ष सुवास गैरेकाे अध्यक्षता र सचिव कृष्ण अर्यालकाे सञ्चालनमा भएकाे थियाे ।
क्लबले धुपी सल्ला,कपुर,दालचिनि लगाएतका बिरुवा रापेका छन ।
पछिल्लो समयमा धुवाघाटकाे राेज रिसाेर्टमा विशेष गरि प्रेम जाेडीहरू घुम्न अाउने गर्दछन ।

Comments

ताजा खबर