तिनाउ गाउपालिकाले दुध उत्पादन किसानलाई उत्पादन आधारमा अनुदान वितरण ।(फोटो फिचर )

२०७७, २६ असार शुक्रबार २०:१९

सन्ताेष गहतराज , पाल्पा । जिल्लाकाे तिनाउ गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका दुध उत्पादन किसानहरूलाई उत्पादनका आधारआ अनुदान रकम वितरण गरेको छ ।

गाउँपालिकाले डुम्रे दूग्ध उत्पादन सहकारी सस्था मार्फत दुध बिक्री  गर्ने किसानहरूलाई प्रती लिटर  २ रूपैयाँका दरले नगद वितरण गरिएको गाउँपालिका अध्यक्ष ओम  बहादुर घर्ती मगरले बताउनु भयाे । पालिकामा सबैभन्दा धेरै अनुदान प्राप्त गर्ने मुनाल गाईफाम डुम्रेका सरस्वती जिसीले ८५ हजार रूपैयाँ नगद प्राप्त गर्नु भएकाे छ । तिनाउ गाउँपालिकाले कुल ५ लाख बराबरको अनुदान उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत  दामोदर भण्डारीले बताउनु भयाे ।

डुम्रे दुग्ध सहकारी सस्थाका अध्यक्ष दुर्गा खाडकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रम  तिनाउ गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरकाे हातबाट अनुदान रकम वितरण गरिएको थियाे । कार्यक्रममा वडा अध्यक्षहरू टाेप बहादुर पुन र दल बहादुर दर्लामी,स्थानीय टीका भण्डारी ,रामजी घिमिरे लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सस्थाकाे उपाध्यक्ष दुर्गा विष्टकाे स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रम सस्थाका व्यवस्थापन गाेपाल जिसीले सञ्चालन गर्नु भएको थियोे । तिनाउ गाउँपालिकाले दुध प्रशाेधन मेसिन खरिद,दुध प्याकेजिम मेसिन स्थापना,दुध राख्ने क्यान,कृतिम गर्भाधान, औषधि , पशु प्राविधिक उपलब्धता लगाएतमा सहयाेग गरिसकेको छ ।

Comments

ताजा खबर