शुक्रवार थप १ सय १८ जनमा संक्रमण पुष्टि

२०७७, २६ असार शुक्रबार १७:०२

पाल्पा । कोरोना संक्रमण दर दैनिक रुपमा घट्दो छ । शुक्रवार  नेपालमा थप १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा जम्मा १ सय १८ जनामा कोरोना पुष्टि भएको बताए । अहिलेसम्म संक्रमित हुनेकाे संख्या १६ हजार ६४९ जना पुगेको छ ।

यो सँगै १ सय २० जना डिस्चार्ज भएका छन । कुल डिस्चार्ज हुनेको संख्या ८ हजार ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Comments

ताजा खबर